Madhes Khabar
समाज हेडलाइन

वीरगन्ज हेल्थ केयर हस्पिटलको सहयोगमा अपांगता भएका ४ जनालाई ह्वील चेयर वितरण

वीरगन्ज, ३ चैत : वीरगन्ज हेल्थ केयर हस्पिटलको आर्थिक सहयोगमा सशस्त्र प्रहरीले पर्साको विभिन्न स्थानमा रहेका चार जना अपांगता भएका व्याक्तिहरुलाई ह्वील चेयर वितरण गरेको छ ,।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले अपांगता भएका व्याक्तिहरुको घरमै पुगेर ह्वील चेयर प्रदान गरेका हुन् ।

जिराभवानी गाउँपालिका वडा नम्बर १ पकडीटोलका ६२ वर्षीय प्रेम चौधरी,वडा नम्बर २ सेढवाका ३५ वर्षीय विनोद दास थारु, धोबनी गाउँपालिका वडा नम्बर ५ धोबनीका ४२ वर्षीय मनबोध चौधरी मलाह र बिन्दबासिनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार रामलाई उनिहरुको घरमै पुगेर ह्वील चेयर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षेत्री, सामाजिक अभियन्ता थारु, सम्बन्धित वडाका वडाध्यक्ष, रामसुरत प्रसाद कुर्मी, औरंगजेब अहमद लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जको मिनाबजारमा रहेको आलु गोदामबाट तस्करीका ७५ बोरा भारतीय चामल बरामद

MadhesKhabar

वीरगन्जकाे अठराहाँमा दादुरा राेगकाे प्रकाेप

MadhesKhabar

वीरगन्जसहित मधेसभर छठको तयारी सुरु,बजारमा किनमेल गर्नेहरुकाे चहलपहल

MadhesKhabar

Leave a Comment