Madhes Khabar
समाज हेडलाइन

अदालतको एक पक्षीय फैसलाका कारण दुइ सन्तानकी आमा आरती बिचल्लीमा

मधेसखबर
वीरगन्ज, २० साउन : अदालतले एकपक्षीय रुपमा सम्बन्ध विच्छेदको फैसला गरेपछि वीरगन्जकी एक महिला अलपत्र परेकी छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर २१ प्रिवानीपुरकी २२ वर्षिया आरती साह सोनारले अदालतको एकपक्षीय फैसलाका कारण आफु अलपत्र परेको बताएकी छन् ।

एक छोरा र एक छोरी गरि दुइ सन्तानकी आमा आरतीले अदालतले एकपक्षीय रुपमा पति जितेन्द्र कुमारसंग सम्बन्ध विच्छेदको फैसला गरिदिएका कारण आफु र आफनो बालबच्चा बिचल्लीमा परेको बताएकी छन् ।पति , सासु , ससुरा कतैबाट न्याय नपाएपछि कानूनको सहारा लिदा पर्सा जिल्ला अदालतले आफनो उपस्थिती र हस्ताक्षर बेगर नै पतिसंग सम्बन्ध विच्छेदको फैसला गरिदिएको आरतीको भनाइ छ ।

पति जितेन्द्रले गाँउकै एक मुस्लिम महिलासंग घरजम गरेर बसेको र त्यस विरुद्ध अदालतमा न्याय माग्न जादा अदालतले उल्टै आफु माथि नै विभेद गरेको आरतीको आरोप छ ।

चितवन भरतपुरको पोखरा बसपार्क माइती भएकी आरती र परवानीपुरका जितेन्द्र बिच प्रेम सम्बन्ध भएपछि ७ वर्ष पहिले पारिवारिक सहमतिमा दुवैले विहे गरेका थिए । बिहे भएको केहि वर्ष पछि नै पति जितेन्द्रले मुस्लिम समुदायकी एक महिलासंग सम्बन्ध राखेर घरजम गरेपछि आरतीलाइ छाडेका थिए । त्यसपछि आरती दुइ सन्तान सहित अलपत्र परेका परवानीपुरका स्थानीयले बताएका छन् ।

पति जितेन्द्रले छाडेपछि न्यायका लागि आरती पर्सा जिल्ला अदालतको शरणमा पुगेकी थिइन् । तर पर्सा जिल्ला अदालतले २०७७ पुष २२ मा अंशबन्डाको फैसला नगरि सिधै सम्बन्ध विच्छेदको फैसला गरि दिएपछि घरपरिवारले घरमाब स्न नदिएपछि आरती बिचल्लीमा परेकी हुन् । पति जितेन्द्रले अहिले पनि आफुलाइ गाँउ छाडेर जान अन्यथा ज्यान मार्ने धम्की समेत दिदै आरतीको आरोप छ ।

Related posts

वीरगन्ज नाकाबाट दुई सातामा ७३ लाख ७० हजार मुल्यको गोलभेंडा भारत निर्यात

MadhesKhabar

जलवायु परिवर्तनको समस्या समाधानका लागि अग्रसर हुन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

Leave a Comment