Madhes Khabar
समाज

पर्साको गुलरियाका आगलागी पिडित परिवारलाई रेडक्रसबाट राहत सामग्री वितरण

वीरगन्ज,२७चैतःपर्साको गुलरीया गाँउमा भएको आलागीबाट पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ ।

धोबिनी गाँउपालिका वडा नम्बर ३ गुलरीयामा सोमबारराति बिजुलीको चार सर्ट भएर भएको आगलागीबाट स्थानीय हनिफ मियाँ, फडिन्द्र राउत कुर्मी , रविन्द्र पटेल र राजेन्द्र राउत कुर्मीको गरी चार वटा फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

घर जलेर बिचल्लीमा परेका चारै परिवारलाई मंगलबार नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले राहत समाग्री वितरण गरेको हो । मंगलबार गाँउमै पुगेर पिडित परिवारहरुलाई तत्कालको राहतका लागि लागि त्रिपाल, कम्बल, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको रेडक्रस सोसाइटी मधेस प्रदेश उप–कोषाअध्यक्ष सलाउदिन अहमदले जानकारी दिए ।

राहत बाट्न गएको टोलीमा धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , गाँउपालिकाका जिन्सी शाखा प्रमुख प्रदीप पटेल लगायतको पनि सहभागीता थियो ।

 

 

 

Related posts

वीरगन्जमा आयाोजित कार्यक्रममा ४७ जनाले गरे रक्तदान

MadhesKhabar

“प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” भन्ने नारा क सहित ९ औं जलसा सालाना सम्पन्न

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयमा रुंगटा वेलफेयर सोसाइटीले दियो १० थान पंखा

MadhesKhabar

Leave a Comment