वीरगन्ज,२०साउनःपर्सामा हालै सरुवा भइ आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टले वीरगन्जस्थित मानव सेवा आश्रमको मंगलबार अवलोकन गरेका छन् । अवलोकनसंगै उनले आश्रममा रहेका लक्ष्मीनारायणहरुको बिहानको भोजन सेवामा पनि सहभागिता जनाए ।
वीरगन्जको ड्राइपोर्टस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्कासंगै मानव सेवा आश्रममा पुगेका सशस्त्र प्रहरी उपरीक्षक भट्टले त्यहाँ आश्रित रहेका बृद्धबृद्धाहरुसंग कुराकानीपनि गरेका थिए । त्यसक्रममा उनले सशस्त्र प्रहरीको सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
त्यसअवसरमा मानवसेवा आश्रम वीरगन्ज संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायतकाकोपनि उपस्थिति रहेको थियो।

