Madhes Khabar
समाज

पर्साको विश्रामपुरमा रेडक्रसको कार्यक्रममा पाँच महिला सहित २६ जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज,०३असार : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रगत दान गरेका छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रगत दान गरेका रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।
रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका सभापति हासिम अंसारीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साहले गरेका थिए ।

रक्तदान कार्यक्रममा वडाअध्यक्ष वीरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह , जसपाका नेता महन्थ यादव लगायतको पनि उपस्थिती रहेको रेडक्रस सोसाईटी पर्सा शाखका सदस्य शिवनाथ यादवले जानकारी दिए ।

Related posts

टिकटकमा भएको चिनजानले वीरगन्जकी सुमनालाई बनायो ‘घर न घाटको’

MadhesKhabar

रेडियो वीरगन्जको वार्षिक उत्सवमा ३०० जनाद्वारा रगत दान

MadhesKhabar

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment