Madhes Khabar
समाज

पर्साको विश्रामपुरमा रेडक्रसको कार्यक्रममा पाँच महिला सहित २६ जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज,०३असार : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रगत दान गरेका छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित २६ जनाले रगत दान गरेका रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।
रेडक्रस सोसाइटी विश्रामपुर उपशाखाका सभापति हासिम अंसारीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साहले गरेका थिए ।

रक्तदान कार्यक्रममा वडाअध्यक्ष वीरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, अलिअसरगर देवान, हरिन्द्र साह , जसपाका नेता महन्थ यादव लगायतको पनि उपस्थिती रहेको रेडक्रस सोसाईटी पर्सा शाखका सदस्य शिवनाथ यादवले जानकारी दिए ।

Related posts

वीरगन्जमा सत्मार्ग फाउन्डेसनकाे कार्यक्रममा १६ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा तेरापन्थ युवक परिषदले गरेकाे कार्यक्रममा १४ जनाले गरे रक्तदान

MadhesKhabar

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

MadhesKhabar

Leave a Comment