Madhes Khabar
समाज हेडलाइन

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

वीरगन्ज–१५ मा निर्माणाधिन मानव सेवा आश्रमको भवन र दाताबाट पाएका चेक देखाउँदै आश्रमका अभिभावकहरु ।

वीरगन्ज,२२पुसःवीरगन्जमा निर्माणाधिन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक जना दाताले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान दिएका छन् ।

वीरगन्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्याक्तिले मानव सेवा आश्रमको भवन निर्माणका लागि आफ्नो व्याीक्तगत तर्फबाट ५ लाख ११ हजार रुपैयाँ गोप्यदान दिएर सहयोग गरेको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता मानवसेवाले जानकारी दिए ।

आफ्नो पहिचान गोप्य राखिदिन आग्रह गर्दै ती दाताले सोमबार मानव सेवा आश्रम वीरगन्जका अभिभावक तथा भवन निर्माण समितिका संयोजक प्रकाश थारुलाई चेक प्रदान गरेको गुप्ताले बताए । भवन निर्माणका लागि आँफुले ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उनले सोमबार २ लाख ११ हजार रुपैयाँको चेक थारुलाई प्रदान गरेको र बाँकी ३ लाख रुपैयाँपनि केहि दिनमै दिने बताएको गुप्ताले जानकारी दिए ।

नेपाललाई सडक मानवमुक्त देश बनाउने अभियानमा सकृय मानव सेवा आश्रम वीरगन्ज शाखा अहिले प्रदेश सभा सदस्य रमेश कुर्मीले बनाएको धर्मशालामा सञ्चालित छ । त्यहाँ हाल ५५ जना लक्षमीनारायणहरुलाई राखिएको गुप्ताले बताए ।

१ सय ५० जनासम्मलाई राख्न सक्ने क्षमताको आश्रमको आफनै सुविधा सम्पन्न भवन अहिले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा क्षेत्रफल जग्गामा निर्माणधिन अवस्थामा छ । आश्रमको वीरगन्ज शाखाका लागि त्यहाँ तीन वटा छुट्टा छुट्टै ब्लक (भवन) निर्माणको काम भइरहेको छ ।

मधेस प्रदेशका मूख्यमन्त्रीको संसदीय विकास कोषबाट प्राप्त ४० लाख रुपैयाँको लागतमा बाउण्ड्री(पर्खाल) निर्माणको काम पूरा भइसकेको जानकारी दिदैं गुप्ताले जेन्स ब्लक निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ उपलब्ध गराएको बताए । लेडिज ब्लक लायन्स क्लबले निर्माण गरिरहेको उनले बताए ।बाँकी अर्को ब्लक प्रशासनिक कार्यालयका लागि निर्माण भइरहेको गुप्ताले जानकारी दिए ।

 

 

Related posts

थारु कल्याणकारी सभा पर्साको साधारण सभा : थारुको अधिकार र पहिचानका लागि एकजुट हुन आह्वान

MadhesKhabar

उखु किसानलाई प्रतिक्विन्टन ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

MadhesKhabar

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत

MadhesKhabar

Leave a Comment