Madhes Khabar
समाज

पर्सामा गाँजासहित मकवानपुरका घलान पक्राउ

वीरगन्ज,१९ बैशाख :पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ बाट प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका २ का ५३ वर्षिय बौद्ध सिंह घलान रहेका छन् ।

प्रहरीले घलानलाई ४६ केजी गाँजासहित गत आइतबार पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोली गस्तीका क्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ मा पुग्दा ३ जना व्यक्तिहरू औषध गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए । तर दुई जना भने गाँजाको पोका छाडेर फरार भएको र घलानलाई मात्रै पक्राउ गर्न सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढोथोकीले बताए ।

पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको बुढाथोकीले जानकारी दिए ।

Related posts

गुरु पूर्णिमाको अवसरमा साहिब दरबारद्वारा वीरगन्जमा सातु र चीसो पानी वितरण

MadhesKhabar

वीरगन्जमा आयाेजित कार्यक्रममा ३२ जनाले गरे रगत दान

MadhesKhabar

विश्व एड्स दिवसको अवसरमा एचआईभी संक्रमित विपन्न व्यक्तिहरूलाई कम्बल वितरण

MadhesKhabar

Leave a Comment