Madhes Khabar
समाज

गुरु पूर्णिमाको अवसरमा साहिब दरबारद्वारा वीरगन्जमा सातु र चीसो पानी वितरण

वीरगन्ज,२६असारः गुरु पूर्णिमाको पावन अवसरमा साहिब दरबारले वीरगन्ज–१० आदर्शनगरस्थित महावीर मन्दिर अगाडी सातु र चीसो पानी सातु वितरण गरेको छ । चर्को गर्मीको मध्यनजर गर्दै सार्वजनिक स्थलमा सर्वसाधारणलाई चनाको सातु र चीसो पानी वितरण गरिएको हो ।

साहिब सरकारको सम्झनामा आयोजित यो सेवामूलक कार्यक्रम साहिब दरबार वीरगन्जद्वारा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष उमेशलाल सहनीका अनुसार, सातु वितरणमार्फत गर्मीमा आम नागरिकलाई राहत दिन र गुरु पूर्णिमाको महत्व उजागर गर्न खोजिएको हो ।

सातु वितरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह स्वयं उपस्थित भएर सहभागीहरूलाई सातु वितरण गरेका थिए ।त्यसअवसरमा उनले परम्परागत नेपाली पेय चनाको सातु गर्मीमा शरीरलाई शीतल राख्नका साथै स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने बताए ।“गर्मीमा सातुको सेवनले शरीरलाई ऊर्जा मिल्ने र निर्जलीकरण (डिहाइड्रेशन) रोक्न सहयोग पुग्छ,” मेयर सिंहले भने ।

कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । साहिब दरबारले यस्ता सामाजिक तथा धार्मिक अवसरहरूमा विभिन्न सेवामूलक कार्यक्रम गर्दै आएको छ ।

Related posts

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज–८ मा वडा कार्यालयले ३५ जनालाई गर्‍यो ‘ नागरिक अभिनन्दन ’

MadhesKhabar

तरुण दलको भवन निर्माणका लागि भेटवालले गरे २ लाख ५५ हजार सहयोग

MadhesKhabar

Leave a Comment