वीरगन्ज,१५मंसिरः विश्व एड्स दिवसको अवसरमा वीरगन्जमा एचआईभी एड्स संक्रमिततहरुलाई न्यानो कम्बल वितरण गरिएको छ ।रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले आयोजना गरेको कार्यक्रममा एचआईभी एड्सबाट संक्रमित विपन्न व्याक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।
नेपाल आराधना समाजकी अध्यक्ष दीपा कुमारीको अध्यक्षता तथा रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सन्जय जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत प्रसाद साह कानु ,शशी रञ्जन कलवार, सौरभ बर्णवाल लगायतकाको समेत उपस्थिति रहेको थियो।

