Madhes Khabar
समाज

बारामा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्युु

वीरगन्ज ,१७फागुन: बारामा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो ।

जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।

शव टाँगिया बस्तीमा ल्याएर राखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हात्ती बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको उनले बताए ।साभार:अनलाइनखबर

Related posts

संचारकर्मी खतिवडालाई १५ हजार सहयोग गर्ने प्रेस चौतारी नेपाल बाराको निर्णय

MadhesKhabar

पटेर्वा सुगाैलीमा ढकिया पथिया बनाउने महिलाहरुलाई दिइयो ७ दिने एडभान्स तालिम

MadhesKhabar

मिलापत्रमा टुंगियो सीके राउत दम्पतीको सम्बन्धविच्छेद मुद्दा

MadhesKhabar

Leave a Comment