Madhes Khabar
समाज

नेपाल भारत मैत्री संघको कार्यक्रममा ५७ जनाद्धारा रगत दान

मधेसखबर
वीरगन्ज, १३ भदौं : नेपाल भारत मैत्री संघ पर्साले वीरगन्जमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रगतदान गरेका छन् ।

छिमेकी मुलुक भारतको ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा वीरगन्जको ड्राइपोर्टममा आयोजित रक्तदान कार्यक्रममा ४ महिला र ५३ पुरुष गरि ५७ जनाले रगतदान रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

नेपाल भारत मैत्री संघ पर्साका अध्यक्ष शम्भु प्रसाद कलवारको अध्यक्षता तथा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत नितेश कुमारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारी ,नेपाल भारत मैत्री संघका भूतपूर्व अध्यक्ष राज कुमार निधी , उपाध्यक्ष ओम प्रकाश यादव , सचिव रजत सचदेवा क्षेत्री लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा ३५ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साको रामनगरीमा आयोजित रेडक्रसको कार्यक्रममा ३८ जनाले गरे रक्तदान

MadhesKhabar

पर्सागढी नगरपालिकाको चार वटा वडामा कांग्रेसले गर्यो वृक्षारोपण

MadhesKhabar

Leave a Comment