वीरगन्ज,७असार:वीरगन्जमा शुक्रबार नेशनल इन्फोटेक(एनआई) कलेजले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ८१ जनाले रगत दान गरेका छन् ।
विश्व योग दिवसको अवसरमा आयाेजित रक्तदान कार्यक्रममा १० महिलासहित ८१ जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा रामकिशोर (आरके) शर्मा, सुधीर पटेल, श्याम राम, मुकेश यादव, बिकेश कुमार यादव, मुस्कान श्रेष्ठ, अस्मिता चौधरी, अंकिता यादव, कोशिकुमारी, प्रीति कुमारी, साक्षी गुप्ता, तानिया खातुन, रितिका शाह, मुक्ती नेपाल, सीता जैसवाल, रितु कर्ण, महमद अब्दुल वहिद, यवुराज पाण्डे, नाजिर हुसेन, राहुल पासवान, हैदर अली लगायतले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमकाे उद्घाटन कलेजका प्रबन्ध निर्देशक मनिष सिंह आँफैले रगत दान गरी उद्घाटन गरेका थिए । कार्यक्रममा कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतकोपनि सहभागिता रहेको थियो ।

