वीरगन्ज,१असोजःवीरगन्जमा नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका छन् ।
नेपाल तेरापंथ युवा परिषदको सहकार्यमा चिकित्सक संघले बुधबार नारायणी अस्पतादल छेउका संघको भवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका हुन्।रक्तदान गर्नेहरुमा डा. उदयनारायण सिंह,डा.रामकिशोर सिंह ,डा.आनन्द चौरसिया, डा. उमेश चौरसिया लगायतका रहको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संघका सचिव डा. नौशाद हक लगायतकाकोपनि उपस्थिती थियो ।

