Madhes Khabar
समाज

पूर्वमन्त्री चौरसिया र कृषिमन्त्री पटेलले संगै गएर गाँउमा बाँडे कम्बल

वीरगन्ज,१९पुसः पर्सा क्षेत्र नम्बर २ का निवर्तमान सांसद तथा पूर्वमन्त्री अजय चौरसिया र मधेस सरकारका भूमी व्यवसाथा, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा एक सय भन्दा बढी कम्बल बाँडेका छन् ।

निवर्तमान सांसद चौरसिया र प्रदेश सरकारका मन्त्री पटेलले शनिबार वीरगन्ज–७ मा पर्ने कुँहडी उदयपुर र घुर्मी गाँउमै पुगेर त्यहाँका बिपन्न बृद्धबृद्धा,एकल महिला लगायतकालाई १ सय भन्दा बढी कम्बल बाँडेका हुन् ।

कम्बल वितरण कार्यक्रममा बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, वीरगन्ज–२७ का वडाध्यक्ष हृदयनारायण कुर्मी,वीरगन्ज–२८ का वडाध्यक्ष सर्जुग महतो लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

भारतीय आर्केष्टाबाट चार नेपाली युवा युवतीलाई उद्दार गरेर वीरगन्ज ल्याइयाे

MadhesKhabar

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

Leave a Comment