Madhes Khabar
समाज

धरानका मेयर हर्कको अभिव्यक्ति प्रति दलित आयोगको आपत्ति

वीरगन्ज,२८ मंसिर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राईको अभिव्यक्ति प्रति राष्ट्रिय दलित आयोगले आपत्ती जनाएको छ ।

मेयर राईले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेखेको “बल होइन बुद्धि लगा चमारे बुद्धि” भन्ने अभिव्यक्ति प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा बुधवार जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तीअनुसार उक्त अभिव्यक्ति संविधान, प्रचलित मूल्य मान्यतासँगै अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्म विपरित भएको ठहर गरिएको छ ।

जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले साम्प्रदायिक र समुदाय (चमार) प्रति अपमान हुने अभिव्यक्ति दिनुले समाजमा नकारात्मक असर पर्ने अध्यक्ष विश्वकर्माको भनाई छ ।उक्त अभिव्यक्तिलाई सच्याई दलित समुदायप्रति पर्न गएको चोटको आत्मालोचना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

Related posts

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

MadhesKhabar

पर्सा :जन्तीलाई माछा नखुवाएको निहुँमा भाँडिएको विहे एक हप्तापछि दुवै पक्षको राजीखुशीमा सम्पन्न

MadhesKhabar

Leave a Comment