Madhes Khabar
समाज

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

वीरगन्ज,११बैशाख : वीरगन्जमा नेपाल प्रहरीको समन्वयमा बिपन्न दुई परिवारलाई छोरीको बिहेका लागि नगद रकम र भाडावर्तन सहयोग गरिएको छ ।

प्रहरी चौकी ईनर्वा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको समन्वयमा अल मन्सुर फाउण्डेनका अध्यक्ष जेयाउल हक समानी र राईजीङ वीरगन्ज नेपालका अध्यक्ष अब्दस मुस्तफा आरजुले दुई परिवारलाई छोरीको बिहेका लागि नगदसहित सामान सहयोग गरेका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का महम्मद हसन शेख र भारत बिहारको पूर्वी चम्पारणको महादेवा गाँउका आविद हुसेनलाई जनही नगद पाँच हजारका साथै भान्सामा प्रयोग हुने भाँडावर्तन सहयोग गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिए ।

मंगलबार प्रहरी चौकी ईनर्वा परिसरमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको विशेष उपस्थितीमा नगदसहित ती सामान शेख र हुसेन परिवारलाई प्रदान गरिएको प्रहरी चौकी ईनर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए ।

ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा अल मंसुर फाउण्डेशनका अध्यक्ष जेयाउल हक समानीकोपनि उपस्थिती रहेको थियो ।

Related posts

बहुदरमाई युवा समाजले आयोजना गरेको कार्यक्रममा ५१ जनाले गरे रगतदान

MadhesKhabar

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

MadhesKhabar

सुस्त मनस्थितिका बालबालिकालाई वीरगन्ज महानगरले सहयोग गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

Leave a Comment