Madhes Khabar
समाज

वीरगन्जमा राउण्ड टेबल नेपालको कार्यक्रममा २३ जनाले गरे रगत दान

वीरगन्ज,१९असोजःवीरगन्जमा शनिबार राउण्ड टेबल नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका छन् । आदर्शनगरस्थिती राणीसती अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रममा २३ जना पुरुषले रगत दान गरेका हुन् ।

रगत दान गर्नेहरुमा विकास ठाकुर,विकास यादव,रुपेश राउत कुम्कड,राहुल कुशवाहा,सन्जय बैठा,रविन ढुंगेल,रामहरि रिमाल,दिपेन्द्र मल्ल,शीवपुजन महतो,शैलेष साह,बाबुनन्द पटेल,युगेश श्रेष्ठ,सुमन कुमार गुप्ता,हरि शर्मा,नितिक शाह,दिपक अग्रवाल,मुकेश गुप्ता,रामबाबु चौधरी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रममा राउण्ड टेबल नेपालका आकाश सर्राफ, एनवाइइफ वीरगन्ज च्याप्टर,वीरगन्ज फ्रेण्ड्स राउण्ड टेबलका पदाधिकारी,सदस्य लगायतकोपनि उपस्थिती थियो ।

Related posts

गणतन्त्र दिवसको उपलक्ष्यमा पोखरियामा आयाोजित कार्यक्रममा २१ जनाद्वारा रगतदान

MadhesKhabar

लैङ्गिक हिंसा प्रभावितहरूलाई राख्ने `सेफ हाउस´ वीरगन्जमा नहुँदा सेवा प्रवाहमा समस्या 

MadhesKhabar

दशैंमा वीरगन्जमा निशुल्क स्वास्थ्य शिविर आयाेजना गर्ने साेनार समाजकाे निर्णय

MadhesKhabar

Leave a Comment