Madhes Khabar
समाज

वीरगन्जमा कपडा बैंकद्वारा गरिब तथा असहायहरुलाई ६०० थान कपडा वितरण

वीरगन्ज,१६साउनःगरीब तथा असहायहरुलाई लक्षित गर्दै वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ। शुक्रबार कपडा बैंकले नया तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरेको हो।

वीरगन्ज कपडा बैंकले वीरगन्ज–८ स्थित कपडा बैंकको कार्यालयबाटपनि हप्तामा हरेक आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको कपडा बैंकका सचिव कन्हैया पटेलले बताए ।

शुक्रबारको कपडा बैंकको कपडा वितरण कार्यक्रममा सहभागी भएका बैंकका संरक्षक तथा अधिवक्ता सुरेन्द्र कुर्मीले कपडा बैंकले पछिल्ला ६ वर्षदेखि विपद्, बाढी, आगलागी तथा अन्य संकटग्रस्त अवस्थामा पीडितलाई उनीहरूकै घरमा पुगेर कपडासहित आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले आम्दानीको ५–१० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए ।

यस्तै कपडा बैंकका सल्लाहकार तथा अधिवक्ता प्रकाश उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्“ भन्ने भावनाले चाडपर्वका अवसरमा नयाँजस्तो देखिने कपडा उपलब्ध गराउन सबै सहयोगीलाई आह्वान गरे।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले सबैको साझा प्रयासले दिनदुःखीको सेवा सम्भव भएको भन्दै यो कार्य मानव धर्मको सर्वोत्तम अभ्यास भएको बताए। उनले सबैलाई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे।

कपडा बैंकका अध्यक्ष सिंहको अध्यक्षता ततथा संस्थाका संरक्षक कुर्मीको प्रमुख आतिथ्यतामा भएको कपडा वितरण कार्यक्रममा समाजसेवी सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, राजनाथ मिश्र, उपाध्यक्ष मोनिका सिंह, सदस्यहरू सन्जय मण्डल, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, प्रकाश थारु, अजित भुजेल, राजेन्द्र भट्टराई, राज सर्राफ लगायतकाकोपनि सहभागिता रहेको थियो।

Related posts

पर्साको रामनगरीमा आयोजित रेडक्रसको कार्यक्रममा ३८ जनाले गरे रक्तदान

MadhesKhabar

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाकाे वडाहरु मै शिविर सन्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण

MadhesKhabar

Leave a Comment