Madhes Khabar
समाज हेडलाइन

पर्साको रामनगरीमा आयोजित रेडक्रसको कार्यक्रममा ३८ जनाले गरे रक्तदान

वीरगन्ज,१८चैतःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।

रामनगरीस्थित रेडक्रस सोसाइटी उपशाखाकै परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, जयनरेश साह , वीरेन्द्र पटेल ,केशवराज पडित,सुनिल राम लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक मनिष साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाका सभापति हरिन्द्र साहको अध्यक्षता तथा पर्सा शाखाका सभापति पटेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी , अगुवा लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

अख्तियारमा देशभरिमै बढी उजुरी परेका १० स्थानीय तहमध्ये पर्साकाे छिपहरमाई गाँउपालिका पनि

MadhesKhabar

वीरगन्ज महानगरले आफ्नै ल्याबबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

MadhesKhabar

वन तथा वातावरणमा उत्कृष्ट काम गरेको पर्साको जगरनाथपुर गाँउपालिका वन मन्त्रालयबाट पुरस्कृत

MadhesKhabar

Leave a Comment