Madhes Khabar
समाज हेडलाइन

पर्साको रामनगरीमा आयोजित रेडक्रसको कार्यक्रममा ३८ जनाले गरे रक्तदान

वीरगन्ज,१८चैतःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।

रामनगरीस्थित रेडक्रस सोसाइटी उपशाखाकै परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, जयनरेश साह , वीरेन्द्र पटेल ,केशवराज पडित,सुनिल राम लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक मनिष साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाका सभापति हरिन्द्र साहको अध्यक्षता तथा पर्सा शाखाका सभापति पटेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रममा स्थानीय समाजसेवी , अगुवा लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

कोल्हवी-५ का वडाध्यक्ष चाैधरी पक्राउ

MadhesKhabar

वीरगन्जको विशेष क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा

MadhesKhabar

बारा २ काे मतगणना सुरु

MadhesKhabar

Leave a Comment