Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : वीरगन्जको बाइपास स्थित स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमा एक बालिकालाई अस्पतालकै कर्मचारीले बलात्कार गरेको घटना बाहिर आएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई भेटन आएकी १५ बर्षिया बालिकालाई अस्पतालमै कार्यरत सरसफाइ कर्मचारीले बलात्कार गरेका हुन् ।१५ बर्षिया ती बालिकालाई बलात्कार गरेको आरोप लागेका अस्पतालका कर्मचारी आकाश मण्डललाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

प्रहरीका अनुसार , पिडित भनिएकी बालिकाले कार्तिक ८ गते दिएका जाहेरीका आधारमा त्यहि दिन प्रहरीले मण्डललाई पक्राउ गरेको हो ।

पिडित बालिकाका अनुसार , अस्पतालमा बिरामी भेट्न जादा गत असोज २३ गते मण्डलले उनलाई बलात्कार गरेका थिए । घटना असोज २३ गते भएको भएपनि पिडित भनिएकी बालिकाले जाहेरी भने कात्तिक ८ गते दिएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । जाहेरी दिएकै दिन आरोपित मण्डललाइ नियन्त्रणमा लिइएको र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अस्पतालका सन्चालक डाक्टर महेश्वर कुर्मीले घटना अस्पतालमा नभएर बाहिर भएको बताए । प्रहरीमा उजुरी दिएपछि आरोपित मण्डललाइ अस्पताल प्रशासनले नै प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए ।

Related posts

प्रदीप यादवको कडा प्रश्न: “मैले काम गरेँ, अरूले के गरे?”

MadhesKhabar

आज गणतन्त्र दिवस

MadhesKhabar

निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा कुर्मी निर्वाचित

MadhesKhabar

Leave a Comment