Madhes Khabar
समाज

वीरगन्ज फ्रेन्डस राउण्ड टेबलले आयोजना गरेको कार्यक्रममा २८ जनाद्वारा रक्तदान

वीरगन्ज,१५असोजःवीरगन्जमा मंगलबार वीरगन्ज फ्रेन्डस राउण्ड टेबल ८ र राउण्ड टेबल नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।आरटीआई दिवसको उपलक्ष्यमा वीरगन्जको होटेल क्र्लाकमा आयोजित रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा मा अंशु प्रसाद कुर्मी,मनु कुमार, विकासस राय,दिपेन्द्र बोहरा,शम्भु प्रसाद कुर्मी,शेषनाथ राम, रवि कुमार राय,राजेन्द्र बोहरा,गम्भीर प्रसाद गिरी,दिनानाथ प्रसाद,विशाल कुश्वाहा,राजु साह कानु ,विशाल पटेल,प्रभात कर्ण लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

वीरगन्ज फ्रेन्डस राउन्ड टेबल ८ का अध्यक्ष सुदिप कुमार खेतानको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा सदस्य दिपल खन्ना,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतका,मनिष गुप्ता, नमित चौरसिया, लिलाधर साह, नितेश साह लगायतकोपनि सहभहागीता थियो ।

 

Related posts

तेरापंथ युवक परिषद वीरगन्जको शिविरमा ६५० जनाले गरे रक्तदान

MadhesKhabar

पोखरियामा क्यान्सर पिडित बिरामीलाई खाद्यान्न र कम्बल सहयोग

MadhesKhabar

वीरगन्जमा आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाद्वारा रगत दान

MadhesKhabar

Leave a Comment