Madhes Khabar
समाज

वीरगन्ज २२ मा काँग्रेसको प्यानल नै विजयी , वडाअध्यक्षमा द्वारीका निर्वाचित

मधेसखबर
वीरगन्ज,०७जेठ
:वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा नेपाली काँग्रेस पुरै प्यानल सहित विजयी भएको छ ।
वडा नम्बर २२ को वडाअध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र दुइ खुल्ला सदस्य सबैमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडाअध्यक्षमा काँग्रेसका द्वारीका महत्तो , निवर्तमान वडाअध्यक्ष एंव एमालेका उम्मेदवार ग्यासुदिन मियालाइ ६९१ मत अन्तरले पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । महत्तोले १२९७ मत पाउदा निवर्तमान वडाअध्यक्ष मियाले भने ६९१ मत मात्रै पाएका छन् । त्यहा जसपाका उम्मेदवार चन्द्रमान जोशीले भने ५४२ मत मात्रै पाएका छन् ।
२०७४को निर्वाचनमा भने महत्तो , निर्वतमान वडाअध्यक्ष मियाँसंगै १३३ मत अन्तरले पराजित हुन पुगेका थिए ।त्यस बेला मिया , तत्कालीन संघीय समाजवादी पार्टी हालको जसपाबाट चुनाव लडेर १०८७ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

अर्केष्टाको दलदलमा नेपाली युवती

MadhesKhabar

श्रीपुरमा नवरात्री महोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment