Madhes Khabar
समाज

वीरगन्ज २२ मा काँग्रेसको प्यानल नै विजयी , वडाअध्यक्षमा द्वारीका निर्वाचित

मधेसखबर
वीरगन्ज,०७जेठ
:वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा नेपाली काँग्रेस पुरै प्यानल सहित विजयी भएको छ ।
वडा नम्बर २२ को वडाअध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र दुइ खुल्ला सदस्य सबैमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडाअध्यक्षमा काँग्रेसका द्वारीका महत्तो , निवर्तमान वडाअध्यक्ष एंव एमालेका उम्मेदवार ग्यासुदिन मियालाइ ६९१ मत अन्तरले पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । महत्तोले १२९७ मत पाउदा निवर्तमान वडाअध्यक्ष मियाले भने ६९१ मत मात्रै पाएका छन् । त्यहा जसपाका उम्मेदवार चन्द्रमान जोशीले भने ५४२ मत मात्रै पाएका छन् ।
२०७४को निर्वाचनमा भने महत्तो , निर्वतमान वडाअध्यक्ष मियाँसंगै १३३ मत अन्तरले पराजित हुन पुगेका थिए ।त्यस बेला मिया , तत्कालीन संघीय समाजवादी पार्टी हालको जसपाबाट चुनाव लडेर १०८७ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

सडक दुर्घटनामा ज्यान गुमाएका पर्साका समिरको परिवारमा आर्थिक संकट, सहयोगको अपिल

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रमलाई कलैया उपमहानगरपालिकाले दियाे नगद १ लाख

MadhesKhabar

वीरगन्ज १० मा आयोजित कार्यक्रममा ८२ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment