Madhes Khabar
समाज

वीरगन्जको मानव सेवा आश्रमलाई कलैया उपमहानगरपालिकाले दियाे नगद १ लाख

वीरगन्ज,२०पुष:बाराकाे कलैया उपमहानगरपालिकाले पर्साकाे वीरगन्जस्थित मानव सेवा आश्रमलाई नगद १ लाख रुपैयाँ सहयाेग गरेको छ।

कलैया उपमहानगरपालिकाकाले बिहीबार मानव सेवा आश्रम वीरगन्ज शाखालाई १ लाख रुपैयाँ सहयाेग गरेकोे हाे।कलैया उपमहानगरका मेयर विनाेद साहले सामाजिक अभियन्ता प्रकाश थारुलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाे मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार वीरगन्जस्थित आश्रमकाे शाखामा हाल सडक र सार्वजनिक स्थलबाट उद्धार गरिएका अनाथ,बेसहारा,असक्त,असहाय र अभिभावकविहिन गरी ६५ जना भन्दाबढीलाई आश्रय दिएर राखिएको छ।

Related posts

वीरगन्जमा युवा वचनले गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

MadhesKhabar

हिंसा र तिरस्कारविरुद्ध मौनता तोड्दै मधेसका महिलाहरू

MadhesKhabar

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

Leave a Comment