मधेसखबर
वीरगन्ज,१४ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर १० को कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा चार महिला सहित ८२ जनाले रगत दान गरेका छन्।
आदर्शनगर स्थित वडा समितिको कार्यालय परिसरमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुशील साह कानु, सिम्रन श्रेष्ठ, सुनिल सर्राफ, सुरेन्द्र साह कानु, विकास साह कानु लगायतकाले रगत दान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए।
रक्तसन्चार केन्द्र वीरगन्जमा रगतको कमी हुन नदिन र सामाजिक सेवामा वडवासीको योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कानुले बताए।
वडा अध्यक्ष कानुकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा वडा सदस्यहरू सन्तोष जैसी , प्रभु महतो , स्थानीय शम्भु साह कानुका साथै वडाका अगुवा, समाजसेवी लगायतको सहभागिता रहेको थियो।

