Madhes Khabar
समाज

ठोरीमा ठुटे खोलाको बाढीको बितण्डा

मधेसखबर

वीरगन्ज,०५ साउन: बुधबार साँझ देखि परेको अविरल वर्षा पछि पर्साको ठोरी स्थित ठुटे खोलामा आएको बाढीले हुलाकी सडक छेउको जग्गा कटान गरिरहेको छ।

ठुटे खोलाको बाढीले ठोरी गाँउपालिका २ ठोरी बजार स्थित हुलाकी सडक छेउमै रहेको बसपार्कको जग्गा २० मिटर जति कटान गरिसकेको र त्यो क्रम अझै जारी रहेको स्थानीय सन्चारकर्मी चिरन्जीवी सापकोटाले जानकारी दिए।

बाढीको भेलले हुलाकी सडकमा निर्माण गरिएको ढुङ्गा जाली पनि बगाउन थालेको उनले बताए।

ठुटे खोलामा बाढी निरन्तर बढ्दै गइरहेको अवस्था रहेकाले समयमै सावधानी नअपनाए बाढीले हुलाकी सडक पनि कटान गर्ने जोखिम रहेको उनले बताए।

Related posts

वीरगन्जको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई वडाध्यक्ष कानुले खुवाए निःशुल्क भोजन

MadhesKhabar

वीरगन्जमा चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा २० जनाले गरे रक्तदान

MadhesKhabar

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

MadhesKhabar

Leave a Comment