Madhes Khabar
समाज हेडलाइन

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

वीरगन्ज,१५असाेज:पर्साकाे ठोरी गाउँपालिका–४ निर्मलवस्तीका युवाहरुले यस वर्षको दशैंलाई फरक र अनुकरणीय शैलीमा मनाएका छन् ।उनीहरुले ठोरी–१ भवाननगरस्थित वृद्धाश्रममा पुगेर ज्येष्ठ नागरिकसँग दशैंको खुशी साझा गर्दै खाद्यान्न, उपहार र नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

निर्मलवस्ती युवा समाजले आश्रममा २० केजीकाे खसी, ७ बोरा चामल, एक कार्टुन तेल, १० केजी चिउरा, एक कार्टुन चाउचाउ, ५ केजी दालमोट, ५ केजी चिनी, एक कार्टुन फ्रुटी, १० केजी दाल, कपडा धुने १२ थान साबुन, नुहाउने १२ थान साबुन, ४० प्याकेट बिस्कुट, ५ केजी नुन, २ केजी चिया पत्ती, ३ वटा ग्यास सिलिन्डर, केरासहितका फलफूल र स्याउ प्रदान गरेका हुन् । साथै आश्रममा बसोबास गर्ने प्रत्येकलाई खादा लगाई जनही नगद ५ सय रुपैयाँ समेत प्रदान गरिएको थियाे ।

आश्रममा सामग्री र नगद मिलाएर करिब ५७ हजार रुपैयाँ बराबरको सहयोग गरिएको निर्मलबस्ती युवा समाजले जनाएको छ ।

दशैंलाई केवल परिवारमा रमाउने चाड नभई, समाजका उपेक्षित वर्गसँग खुशी बाँड्ने चाडका रुपमा स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिन उक्त सहयाेग गरिएको समाजकाे भनाइ छ । युवाहरुको यो रचनात्मक पहलले समाजमा सकारात्मक भावनाको सन्देश प्रवाह गर्नुका साथै समाजसेवातर्फ पनि आकर्षित गर्ने प्रेरणा दिएको समाजले जनाएको छ ।साभार: सामुदायिक रेडियो विजयबस्ती

Related posts

सडक खनेर अलपत्र पारेपछि वीरगन्ज महानगरको आक्रोश : टेलिकममा लगेर फाल्यो फोहोर

MadhesKhabar

वीरगन्जको आदर्शनगरमा रुंगटा वेल फेयर साेसाइटीद्वारा २०० जनालाई कम्बल वितरण

MadhesKhabar

वीरगन्जमा ९ दिने श्री विष्णु महायज्ञ हुदैं

MadhesKhabar

Leave a Comment