Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

वीरगन्ज ,८फागुन:पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले आफ्नो संसदीय क्षेत्र वीरगन्ज महानमा भईरहेका विकास निर्माणका कामको बारेमा चासो लिएका छन् ।संघीय सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सोमबार वीरगन्जका विभिन्न क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरुको स्थलगत अनुगमन गरेका हुन् ।

पर्साको क्षेत्र नम्बर १ अन्तर्गत नै पर्ने वीरगन्जको हरपतगञ्जदेखि मनियारी, ईटियाही, भवानीपुर हुँदै जगरनाथपुर नहरसम्म जोड्ने गरि निर्माणाधीन साढे ६ किलोमिटर सडक खण्डको सांसद यादवले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा सांसद यादवले सडक निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताउँदै गुणस्तरीय ढंगले लापरवाही नगरी निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए । सडक सञ्जालको निर्माणले नै विकासको ढोका खुल्ने हुने सांसद यादवको बुझाई छ । उनले भने, ‘सडकको विकास भएपछि अरु कुराको स्वत विकास हुन्छ, सडक भनेको बाटो मात्रै हैन, विकासको मूलधार पनि हो ।’

विकासको पहिलो आधार सडक नै भएको बताउँदै उनले आफ्नो क्षेत्रलाई कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे ।पूर्व मन्त्री यादवले सडक निर्माण भएपश्चात महानगरका ग्रामिण भेगका किसानहरुको उत्पादनले सहज रुपमा बजार पाउने बिश्वास व्यक्त पनि गरे ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे ६ किलोमीटर लम्बाईको कालोपत्रे सडक २०८१ पुस मसान्त भित्र सम्पन्न गर्ने गरी २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगन्जले काम गरीरहेको छ ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री भएको बेलामा ११ भदौमा यादवले नै उक्त सडकको शिलान्यास गरेका थिए ।

Related posts

वीरगन्ज महानगरद्वारा सञ्चालित स्वास्थ्य ल्याबमा मेयर सिंहकाे छड्के अनुगमन

MadhesKhabar

प्रेस युनियन पर्साको अध्यक्षमा चौहान र उपाध्यक्षमा साह निर्वाचित

MadhesKhabar

अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ

MadhesKhabar

Leave a Comment