Madhes Khabar
समाज

दलितबस्तीमा मेडिकल कलेजको शिविरबाट ७०५ जना लाभान्वित, ३०० जनालाई न्यानो कपडा वितरण

वीरगन्ज,५माघ :पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बखनरवाको दलितबस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजनाका साथै न्यानो लुगाकपडापनि वितरण गरिएको छ ।

नेशनल मेडिकल कलेजका एमडी उमर देवानको नेतृत्वमा दलितबस्तीमा आयोजना गरिएको शिविरमा ३०४ महिला, २९६ पुरुष र १०५ बालबालिका गरी ७ सय जनाको स्वास्थ्य जाँच गरिएको थियो ।नेपाल हेल्थ कप्स नेशनल मेडिकल कलेजका चिकित्सक र विद्यार्थीहरूको टोलीले उनिहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखोले स्वास्थ्य परामर्शपनि दिएका थिए।

यसका साथै उक्त दलितबस्तीका मानिसलाई ३ सय जोर न्यानो लुगाकपडापनि वितरण गरिएको एमडी उमर देवानले जानकारी दिए ।

 

Related posts

सिके राउतले लिए सन्यास

MadhesKhabar

अस्थायी नयाँ कार्यकक्षबाट मन्त्री यादवले सुरु गरे कामकाज

MadhesKhabar

ठोरी : मृतकका परिवारलाई कालिका लघुवित्त संस्थाद्धारा १० लाख ४० हजार बराबरको राहत प्रदान

MadhesKhabar

Leave a Comment