Madhes Khabar
समाज

दलितबस्तीमा मेडिकल कलेजको शिविरबाट ७०५ जना लाभान्वित, ३०० जनालाई न्यानो कपडा वितरण

वीरगन्ज,५माघ :पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बखनरवाको दलितबस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजनाका साथै न्यानो लुगाकपडापनि वितरण गरिएको छ ।

नेशनल मेडिकल कलेजका एमडी उमर देवानको नेतृत्वमा दलितबस्तीमा आयोजना गरिएको शिविरमा ३०४ महिला, २९६ पुरुष र १०५ बालबालिका गरी ७ सय जनाको स्वास्थ्य जाँच गरिएको थियो ।नेपाल हेल्थ कप्स नेशनल मेडिकल कलेजका चिकित्सक र विद्यार्थीहरूको टोलीले उनिहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखोले स्वास्थ्य परामर्शपनि दिएका थिए।

यसका साथै उक्त दलितबस्तीका मानिसलाई ३ सय जोर न्यानो लुगाकपडापनि वितरण गरिएको एमडी उमर देवानले जानकारी दिए ।

 

Related posts

पर्सा : शंकरसरैयाको सरकारी विद्यालयमा उपकार सेवा नेपालले दियो ५ थान पंखा

MadhesKhabar

वीरगन्जको टेढामा एनआई कलेजले बाँड्यो कम्बल र ज्याकेट

MadhesKhabar

गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन चित्रगुप्त समिति वीरगन्जलाई ५ लाख सहयाेग

MadhesKhabar

Leave a Comment