Madhes Khabar
समाज

गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन चित्रगुप्त समिति वीरगन्जलाई ५ लाख सहयाेग

वीरगन्ज,७साउन:गरिब र जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन चित्रांश परिवारले चित्रगुप्त समिति वीरगन्जलाई ५ लाख ५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

 

आफ्नो भाइ स्व. सुर्य मोहन लालको स्मृतिमा वीरगन्ज- ३ का सुशील कुमार लाल , गगन मोहन लाल ,अजित मोहन लाल र खड्ग मोहन लालले चित्रगुप्त समिति वीरगन्जलाई अक्षय कोषका लागि ५ लाख ५ हजार रुपैया उपलब्ध गराएका हुन।सुर्यमाेहन लालकाे केही वर्ष अघि सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

 

बुधबार दाता परिवारको तर्फबाट गगन मोहन लालले चित्रगुप्त समितिका अध्यक्ष महेश दासलाई ५ लाख ५ हजारको चेक हस्तान्तरण गरे ।स्वर्गीय सुर्यमोहन लालका भतिजा मनिष सुमनले अविवाहित काकाको अंशको रुपैया काकाको चीरस्मरणको लागि अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन ५ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको बताए।

दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा  छात्रवृत्ति दिइने तथा अति आवश्यक बिरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष दासले बताए ।

Related posts

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

MadhesKhabar

लागु औषधको कुलतबाट सन्तानलाई जोगाउन अभिभावक सचेत हुनुपर्छ : उपमेयर आलम

MadhesKhabar

वार्षिकाेत्सवमा भोजपुरी टाईम्सले अपांगता भएका बालकलाई दियाे ह्वील चेयर

MadhesKhabar

Leave a Comment