वीरगन्ज,२२पुष:पर्साको बिन्दवासिनी गाउँपालिका वडा नंबर ३ इटियाहीमा रहेको नेपाल स्काउट निम्न माध्यमिक विद्यालयमा अध्ययनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण गरिएको छ।
४१ क्लब नेपाल नेपालको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत १३४ जना विद्यार्थीहरुलाई आइतबार स्विटर र जुत्ता वितरण गरिएको हो।
विद्यालयमै आयाेजित कार्यक्रममा सहयोगी संस्थाका मनोज दास र सतिष अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया लगायतकाले विद्यार्थीहरुलाई ती समग्रीहरु प्रदान गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु पारस बैठा, शिवशंकर साह गोढ, उमा देवी, सबिता देवी, मिना देवी, शिक्षकहरु राकेश चौरसिया, कमलेश चौरसिया, ललन पाण्डेय, गिता बैठा, विद्यालयका कर्मचारी, अभिभावक, स्थानिय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

