
वीरगंज ५ , फागुन :नेपाली काँग्रेसले वरीष्ठ पत्रकार दिपेन्द्र चौहानलाई पार्टिको केन्द्रिय प्रचार प्रसार समितिको सदस्यमा मनोनया गरेको छ । माघ २९ गते ललितपुर स्थित बी.पी स्मृती भवनबाट जारी नियुतिm पत्र मार्फत जानकारी सार्वजनिक गरीएको हो ।
फागुन २१ गते हुने प्रतीनीधीसभा सदस्यको निर्वाचनमा पार्टिका उम्मेदवारहरुलाई विजयी गराउन र समानुपनतिक मतभार बढाउन चुनाव प्रचार प्रसारलाई प्रभावकारी ,समन्वययात्मक र व्यवस्थित बनाउने उद्देश्यले चौहानलाई जिम्मेवारी दिईएको हो । पत्रकारीता क्षेत्रमा चौहानलाई लामो अनुभव र संचारमाध्यमसंगको सुमधुर समन्वयले पार्टिको चुनावी अभियानलाई परिणाममुखी बनाउन मद तगर्ने काँग्रेसको विश्वास छ ।
नियुतिm पत्र प्राप्त भएपछि चौहानले आफुलाई दिईएको जिम्मेवारी ईमान्दारीपुर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतीबद्धता व्यतm गरेका छन् । उनले आफुले निर्वाह गर्नुपर्ने भुमीका ईमान्दारीपुर्वक निर्वाह गर्ने पनि जनाएका छन् ।

