मधेसखबर
वीरगन्ज ,२३फागुन : चारै तिर हाेली पर्बकाे रमझम चलिरहेकाे र सबैजना हाेली मनाएर रमाइरहेका बेला एक पराेपकारी संस्थाले भने अस्पतालमा उपचारत दुई बिरामीलाई आर्थिक सहयाेग गरेकाे छ ।
जन सेवा नामक संस्थाले वीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत दुई जना बिरामीलाई जनही ५ हजार रुपैयाँका दरले सहयाेग गरेकाे हाे ।
नारायणी अस्पतालकाे बेड नम्बर १२१ मा विगत १४ दिनदेखि उपचाररत पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर ४ मन्झरियाकी १२ वर्षिया बालिका ग्यान्ती कुमारी र बेड नम्बर २२ मा विगत १९ दिनदेखि उपचाररत बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ कि ४० वर्षिया लक्ष्मी देवीलाई जन सेवाले आर्थिक सहयाेग गरेकाे हाे ।
दुवै जनाकाे परिवारकाे आर्थिक अवस्था कमजाेर रहेकाेले उपचारमा समस्या भएकाे थाहा पाएपछि उपचारमा थाेरै भएपनि मदत पुगाेस् भन्ने उदेश्यले आर्थिक सहयाेग गरिएकाे जन सेवाका संयाेजक बृजेश्वर चाैधरीले बताए ।
त्यस अवसरमा जन सेवाकी सदस्य सुभावती देवी,अशाेक कुमार श्रीवास्तव, विनाेद गुप्ता,सुरेश ठाकुर, कन्हैया पटेल, पत्रकार दिनेश मिश्रा लगायतकाे पनि उपस्थिति थियाे ।

