Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी आन्दोलनमा मारिएका वीरगन्जका युवा आलमको शवमा राष्ट्रिय झण्डा ओढाएर गरियो अन्त्येष्टि

वीरगन्ज,२८भदौंःकाठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ ।

काठमाडौंबाट शुक्रबारराति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा) निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । जनाजा निकाल्नुअघि आलमको शवमा जेनजी पुस्ताका युवाहरु , वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारी लगायतले नेपालको राष्टिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । आलमको जनाजा र अत्येष्टिमा मुस्लिम सुमदायका साथै हिन्दुहरु पनि हजारौंको संख्यामा सहभागि भएका थिए ।

दुई महिनाअघि मात्रै वैवाहिक बन्धनमा बाँधिनुभएका आलमले गत मंगलबार काठमाडौंमा भएको जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए ।आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए ।

गत मंगलबार जेनजीको प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले बताए । अन्सारीका अनुसार, आलमको पेट र छातीमा गोली लागेको थियो । गत मंगलबार बिहान १०ः०० बजेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्दा आलमको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको जानकारी अन्न्सारीले दिए ।

वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थाापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौँ गएका थिए ।त्यहाँ उनले पठाओ राइडरकोपनि काम गर्दै आएका थिए ।

 

Related posts

पर्साकाे मुसहर बस्तीका बालबालिकालाई अमेरिकी संस्थाको सहयाेग

MadhesKhabar

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

MadhesKhabar

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

MadhesKhabar

Leave a Comment