Madhes Khabar
स्थानिय हेडलाइन

वडाध्यहरुसंग मेयर सिंहकाे आग्रह: भाेटकाे राजनीति भन्दा माथि उठेर वीरगन्जको विकासमा लाग्नुस्

वीरगन्ज,१३ असार:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सुशासन, पारदर्शिता र जनअपेक्षा अनुरुप बैभव वीररगन्ज बनाउने अभियानमा महानगरकाे नेतृत्व जुटि रहेको बताएका छन् ।

वीरगन्जमा बिहीबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले नगरबासीको सहयोग र सहकार्यबाट मात्रै बैभव वीरगन्जको परिकल्पना साकार हुने बताए।उनले वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा हालै सम्पन्न नगर सभाबाट समानुपातिक रुपमा आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिएको भन्दै वडा स्तरीय योजना छनौट गर्दा जनप्रतिनिधिहरु जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु पर्नेमा जोड दिए ।

उनले भोटको राजनीति भन्दा माथि उठेर समग्र वीरगन्जको विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले वीरगन्जमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको तथा ढल र नलको व्यवस्थापन, सडकमा अव्यवस्थित रुपमा रहेका विजुलीका पोल तथा तारहरुको व्यवस्थापन, वर्षामा डुबान हुने समस्याको समाधान गर्न मेयर सिंहको ध्यानाकर्षण गराएका थिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिका आम सञ्चार प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीले नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संचारकर्मी एवं विश्लेषक ओम प्रकाश खनालले सार्वजनिक सुनुवाई सम्बन्धी टिप्पणी गरेका थिए । कार्यक्रमको सहजिकरण संचारकर्मी उज्जवल घिमिरले गरेका थिए ।

Related posts

मानव सेवा आश्रमको भवनका लागि नेपथ्य लाईभ कन्सर्ट वीरगन्जमा पनि हुँदै

MadhesKhabar

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

पाेखरियामा कानु समाज नेपालकाे नगर कार्य समिति गठन

MadhesKhabar

Leave a Comment