Madhes Khabar
पर्यटन हेडलाइन

वीरगन्जमा अझ धेरै भारतीय पर्यटक भित्रयाउने लक्ष्यका साथ कामहरु भइरहेको छ : मेयर सिंह

मधेसखबर
वीरगन्ज ,२३ माघ : वीरगन्जमा भारतीय पर्यटकलाई भित्रयाउने लक्ष्यका साथ काम भइरहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।वीरगन्जका मेयर राजेशमान सिंहले खासगरि भारतीय पर्यटकलाई लक्षित गरि महानगरले विभिन्न योजना बनाएर काम गरिरहेको बताएका छन् ।

सोमबार वीरगन्जमा आयोजित पर्यटन प्रबद्र्धन तथा पर्यटन सुरक्षामा सरोकारवालाहरुको भूमीका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै मेयर सिंहले भने,‘ वीरगन्जमा दैनिक कम्तिमा पनि १ हजार भारतीय पर्यटक घुम्न आउन् , रमाइलो गरुन् , एक रात यहि बसुन् भन्ने हाम्रो लक्ष्य छ , त्यसका लागि विभिन्न काम गरिरहेका छौं ।

त्यसका लागि वीरगन्जमा रहेको एतिहासिक पर्यटकय स्थलहरुको सौन्दर्यकरण , वीरगन्जमा नाइट मार्केट सन्चालनका लागि तयारी लगायतका कामहरु अगाडि बढाइसकेको उनले बताए ।उनले वीरगन्जमा रहेको पौराणिक एंव ऐतिहासिक भिस्वा डाँडाको सौन्दर्यकरणका लागि गुरु योजना बनाएर बैशाख देखि नै काम थालिने , पिपराको नृसिंह मठको सौन्र्दयकरणका लागि डिपिआर तयार गरिसकेको जानकारी पनि गराए ।

सिंहले भने ,‘ वीरगन्जमा नाइट मार्केट सन्चालन भयो भने बजार र होटलहरु २४सै घण्टा खुल्छ , भारतीय पर्यटकले निर्धक्क भएर रातभर खानपान , घुमफिर र किनमेल गर्न सक्छन् , यसले यहाको पर्यटन प्रबद्र्धनमा मात्र नभइ व्यवपार व्यवसायमा पनि धेरै टेवा पुग्छ ।

खासगरि वीरगन्जमा भारतीय पर्यटकहरु खानपान र रमाइलोका लागि आउने गरेको तर राति १० नबज्दै प्रहरीले बजार र होटलहरु बन्द गराइ हाल्ने भएका कारण उनिहरुले घुम्न र खानपान गर्न नपाउदा आएकै दिन भारत फर्किने गरेको उनले बताए ।
वीरगन्जमा आउने भारतीय पर्यटकलाई नै लक्षित नाकामा लिइदै आएको सवारी कर लिने नियम महानगरले हटाइसकेको पनि उनले बताए ।
भारतीय सवारीसँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको उनले बताए ।

‘वीरगन्जमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्,’ उनले भने , ‘त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्रिउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौँ ।’

मेयर सिंहले भारतीय आगन्तुक र पर्यटकसंग वीरगन्ज नाका प्रहरीले र होटलमा होटलका कर्मचारीले गर्दै आएको व्यवहार ठिक नभएकाले त्यसलाई सुधारर्न आवश्यक रहेकोमा जोड पनि दिए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले वीरगन्ज नाकामा भारतीय पर्यटकहरु नेपाली सुरक्षाकर्मिबाट प्रताडित भइरहेको गुनासो गरे ।पन्तले भने ,‘ मितेरी पुल देखि रजत जयन्ति चोक सम्म पाँच सय मिटरको दुरीमै नेपाल र सशस्त्र प्रहरीबाट गरि पाँच ठाँउमा चेकजाँच गरेर हैरान पारिन्छ , जसका कारण यहा घुम्न र रमाइलो गर्न आउने भारतीय पर्यटकहरु प्रताडित भइरहेका छन् ।यसका साथै भारु २०/२५ हजार लिएर आउदा पनि भारतीयलाई अवैध वित्तिय कारोबारका आरोपमा प्रहरीले पक्रेर थुनामा हाल्दिने गरेको उनले बताए ।

वीरगन्ज र यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको देश विदेशमा प्रचार प्रसार नभएका कारण पनि यहाको पर्यटन प्रबद्र्धन हुन नसकेको पन्तले बताए । यसका साथै प्रदेश सरकारसंग मधेसको पर्यटन विकासका लागि भएका बजेट पनि निकासा र खर्च हुन नसकिरहेको दुखेसो उनले पोखे ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पट्वारीले सिमरा देखि बिहारको पटना सम्म दैनिक एक हवाइ उडान भइदिए वीरगन्जमा भारतीय पर्यटकको आगमनमा अझ बृद्धि हुने बताए । यसका लागि यहाको निजी क्षेत्रलले निरन्तर पहल गरिरहेको पनि उनले बताए ।वीरगन्ज नाकामा भारतीय पर्यटकसंग नेपाली सुरक्षाकर्मीले गर्दै आएको व्यवहार सन्तोषजनक नभएकाले यसमा परिवर्तनको आवश्यकता रहेको उनले पनि बताए ।

पर्यटन प्रहरी कार्यालय काठमाण्डौं र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जको आयोजनामा भएको कार्यक्रममा पर्यटक प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले नेपाल आएका पाहुनालाई अप्ठेरो पर्दा सहयोग गर्ने गरेको बताए ।
उनका अनुसार हाल काठमाण्डौं उपत्यकामा १० ठाउँ, १२ जिल्लाको १८ गरी २८ स्थानमा गरि २ सय ३९ जना पर्यटक प्रहरी कार्यरत छन् ।

पर्सा , बारा र रौतहट गरि तीन जिल्लाको कार्यक्षेत्र हेर्ने गरि वीरगन्जमा कार्यालय स्थापना गरि प्रहरी नायब निरिक्षको नेतृत्वमा ८ जना मात्र पर्यटक प्रहरी कार्यरत रहेको साहले जानकारी गराए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षता र वीरगन्जका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने , भिजिट मधेसका संयोजक ओमप्रकाश सर्राफ, पर्साका सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया , नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका साथै यहाका होटल तथा पर्यटन व्यवसायी , उद्योगी व्यवसायी , सन्चारकर्मी लगायतको सहभागिता थियो ।

Related posts

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

७ महिनामै वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

MadhesKhabar

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment