Madhes Khabar
शिक्षा हेडलाइन

जिउतिया पर्वकाे अवसरमा वीरगन्जका विद्यालयमा भाेलि विदा

वीरगन्ज,१८असाेज: जिउतिया पर्वकाे अवसरमा वीरगन्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ ।

वीरगन्ज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगन्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।

तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।

Related posts

६ वटा भ्रष्टाचार मुद्दामा मालपाेत कार्यालय वीरगन्जका नासु मदन गुप्तालाई ५ वर्ष कैद

MadhesKhabar

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण

MadhesKhabar

मुख्यमन्त्रीका दाबेदार काँग्रेसका क्षेत्री भन्छन् : पार्टी नेतृत्व मेरो पक्षमा सकरात्मक छ

MadhesKhabar

Leave a Comment