Madhes Khabar
शिक्षा

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण

वीरगन्ज,८असारःपर्साको जगरनाथपुर गाउँपालिकाले पालिकामा रहेका सामुदायिक विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण गरेका छन् । जगरनाथपुर गाँउपालिकामा सबै वडामा गरी २८ वटा सामुदायिक विद्यालयहरु छन् ।

ती सबै विद्यालयका हरेक कक्षाको वार्षिक परीक्षामा प्रथम,द्वितीय र तृतीय भएका छात्रछत्राहरुलाई प्रोत्साहित गर्न गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यालय पोशाक वितरण गरेका हुन् ।

गाँउपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले पोशक वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष यादवले बताए ।विद्यार्थीहरूमा अझ लगनशीलता र आत्मविश्वास बढाउने विश्वासका साथ यस्तो कार्यक्रम अघि बढाइएको भन्दै उनले आगामी दिनमापनि विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने खालका अन्यय कार्यक्रमहरु पनि सञ्चालन गरिने बताए ।

पोशाक वितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष यादव, जनप्रतिनिधी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावकह लगायतकाकोपनि उपस्थिति रहेको थियो।

Related posts

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

MadhesKhabar

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने जगरनाथपुरका अध्यक्ष यादवको घोषणा

MadhesKhabar

वीरगन्जको थारु छात्राबासमा ४५ लाखकाे लागतमा नयाँ भवन बन्दै

MadhesKhabar

Leave a Comment