वीरगन्ज,२८फागुन : पर्साको जगरनाथपुर गाँउपालिकामा रहेका माध्यममिक विद्यालयबाट यस बर्षको एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विदाई गरेका छन् ।
होली पर्वको सन्दर्भ पारेर बुधबार जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ स्थित नेरामावि सन्ठीमा आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले पालिकाका तीन सामुदायिक विद्यालयका गरी १ सय जना विद्यार्थीहरुलाई विदाई गर्दै उनिहरुलाई उपहारपनि प्रदान गरे । एसईई परीक्षमा सहभागी हुने ती विद्यार्थीहरुलाई गाँउपालिका अध्यक्ष यादवले डायरी,कलम लगायतका शैक्षिक सामग्रीका साथै च्वनप्रासपनि वितरण गरे ।
त्यसअवसरमा गाँउपालिका अध्यक्ष यदवले एसईईमा उत्कृष्ट अंकलाई विद्यार्थीलाई गाँउपालिकाले नगद पुरस्कार प्रदान गर्ने र उच्च शिक्षाका लागि छात्रवृति उपलब्ध गराउने घोषणापनि गरे ।
गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव,वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका, अभिभावक, गाँउपालिकाका कर्मचारी लगायतकाको सहभागीता रहेको थियो ।

