Madhes Khabar
शिक्षा

वीरगन्जको थारु छात्राबासमा ४५ लाखकाे लागतमा नयाँ भवन बन्दै

वीरगन्ज,१६बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा रहेकाे ऐतिहासिक आदर्श थारु छात्राबासकाे नयाँ भवन निर्माण गर्न थालिएको छ।मंगलबार वीरगन्ज-५ का वडाध्यक्ष प्रदीप चाैरसियाले उक्त भवन निर्माण कार्यकाे शिलान्यास गरेका छन्।

वडाध्यक्ष चौरसियाकै पहलमा मधेस प्रदेश सरकारबाट प्राप्त ४५ लाख रुपैयाँको लागतमा थारु छात्राबास परिसरमा चार काेठे नयाँ भवन निर्माण गर्न थालिएको हो।

वडाअध्यक्ष चौरसियाले भवन निर्माण सम्पन्न भएपछि थारु छात्राबासमा बस्ने विद्यार्थीहरुलाई थप सहजता हुने बताए। आगामी वर्षमा पनि थप बजेटको पहल गरी छात्राबासलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

शिलान्यास कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार बर्णवाल,वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार,स्थानीय नविन न्यौपाने, आदर्श थारु छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले दियो फ्रिज र इलेक्ट्रीक हट ब्याग

MadhesKhabar

शिक्षकहरु नमाने कक्षा १२ को परीक्षामा निजामती कर्मचारीलाई खटाउने निर्णय

MadhesKhabar

गहवामाई रथ यात्राका दिन असार २३ गते वीरगन्ज महानगरका सबै विद्यालयमा विदा

MadhesKhabar

Leave a Comment