Madhes Khabar
शिक्षा

वीरगन्जको थारु छात्राबासमा ४५ लाखकाे लागतमा नयाँ भवन बन्दै

वीरगन्ज,१६बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा रहेकाे ऐतिहासिक आदर्श थारु छात्राबासकाे नयाँ भवन निर्माण गर्न थालिएको छ।मंगलबार वीरगन्ज-५ का वडाध्यक्ष प्रदीप चाैरसियाले उक्त भवन निर्माण कार्यकाे शिलान्यास गरेका छन्।

वडाध्यक्ष चौरसियाकै पहलमा मधेस प्रदेश सरकारबाट प्राप्त ४५ लाख रुपैयाँको लागतमा थारु छात्राबास परिसरमा चार काेठे नयाँ भवन निर्माण गर्न थालिएको हो।

वडाअध्यक्ष चौरसियाले भवन निर्माण सम्पन्न भएपछि थारु छात्राबासमा बस्ने विद्यार्थीहरुलाई थप सहजता हुने बताए। आगामी वर्षमा पनि थप बजेटको पहल गरी छात्राबासलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

शिलान्यास कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार बर्णवाल,वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार,स्थानीय नविन न्यौपाने, आदर्श थारु छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण

MadhesKhabar

मनोज ग्यास प्रालिद्वारा वीरगन्जको सरकारी विद्यालयमा आर्थिक सहयोग

MadhesKhabar

वीरगन्जको माैजेसिर्सियामा नवनिर्मित विद्यालय भवनकाे मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment