Madhes Khabar
शिक्षा

शिक्षकहरु नमाने कक्षा १२ को परीक्षामा निजामती कर्मचारीलाई खटाउने निर्णय

काठमाडौं,९बैशाखः शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षामा निजामति कर्मचारीहरुलाई खटाउने निर्णय भएको छ । मंगलबारबिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकमा शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले निजामति कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको र त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले समेत कम्तीमा ७ दिन परीक्षा सार्न सकिने अनौपचारिक संवाद आफू निकटस्थसँग गर्दै आएका थिए । तर शिक्षामन्त्री विद्या भट्टराइको राजीनामापछि बैठकमा सहभागी हुन पुगेका शिक्षा सचिव काफ्लेले परीक्षा गराउनुपर्ने अडान लिएको एक सदस्यले बताए । ‘माथि प्रधानमन्त्री, मुख्यसचिवको कुरा पनि परीक्षा गराउनुपर्छ भन्ने छ । शिक्षा सतिवले सीडीओमार्फत कर्मचारी खटाएर परीक्षा लिन सकिन्छ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि बैठकमा सबैले हुन्छ, हुन्छ भन्नुभयो ।’

बोर्डमा शिक्षा सचिव उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारी जिल्लास्थित परीक्षा समन्वय समितिको प्रमुख रहने व्यवस्था छ ।

अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पुनः आग्रह गर्ने र सहभागी नभए अन्य विकल्पबाट पनि परीक्षा अघि बढाउने निर्णय भएको बताए । परीक्षा सञ्चालन हुन ४८ घण्टाभन्दा थोरै समय भए पनि केन्द्राध्यक्ष, निरीक्षक चयन हुन सकेका छैनन् भने उनीहरुलाई तालिम, अभिमुखीकरण लगायत पनि दिइएको छैन ।

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ । देशभरका १ हजार ५ सय ९१ परीक्षा केन्द्रमा कक्षा १२ का ५ लाख १९ हजार विद्यार्थीहरु परीक्षा दिने तयारीमा छन् । परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी २० हजार जनशक्ति परिचालन हुने अनुमान छ ।साभार : इकान्तिपुर

Related posts

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

MadhesKhabar

कांग्रेस युवा नेता यादवकाे पहलमा दलित र जेहेन्दार बालबालिकालाई स्कुल ब्याग वितरण

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवले महुवन माविका २०० छात्राहरुलाई बाँडे स्कूल ब्याग

MadhesKhabar

Leave a Comment