Madhes Khabar
शिक्षा

शिक्षकहरु नमाने कक्षा १२ को परीक्षामा निजामती कर्मचारीलाई खटाउने निर्णय

काठमाडौं,९बैशाखः शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षामा निजामति कर्मचारीहरुलाई खटाउने निर्णय भएको छ । मंगलबारबिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकमा शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले निजामति कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको र त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले समेत कम्तीमा ७ दिन परीक्षा सार्न सकिने अनौपचारिक संवाद आफू निकटस्थसँग गर्दै आएका थिए । तर शिक्षामन्त्री विद्या भट्टराइको राजीनामापछि बैठकमा सहभागी हुन पुगेका शिक्षा सचिव काफ्लेले परीक्षा गराउनुपर्ने अडान लिएको एक सदस्यले बताए । ‘माथि प्रधानमन्त्री, मुख्यसचिवको कुरा पनि परीक्षा गराउनुपर्छ भन्ने छ । शिक्षा सतिवले सीडीओमार्फत कर्मचारी खटाएर परीक्षा लिन सकिन्छ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि बैठकमा सबैले हुन्छ, हुन्छ भन्नुभयो ।’

बोर्डमा शिक्षा सचिव उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारी जिल्लास्थित परीक्षा समन्वय समितिको प्रमुख रहने व्यवस्था छ ।

अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पुनः आग्रह गर्ने र सहभागी नभए अन्य विकल्पबाट पनि परीक्षा अघि बढाउने निर्णय भएको बताए । परीक्षा सञ्चालन हुन ४८ घण्टाभन्दा थोरै समय भए पनि केन्द्राध्यक्ष, निरीक्षक चयन हुन सकेका छैनन् भने उनीहरुलाई तालिम, अभिमुखीकरण लगायत पनि दिइएको छैन ।

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ । देशभरका १ हजार ५ सय ९१ परीक्षा केन्द्रमा कक्षा १२ का ५ लाख १९ हजार विद्यार्थीहरु परीक्षा दिने तयारीमा छन् । परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी २० हजार जनशक्ति परिचालन हुने अनुमान छ ।साभार : इकान्तिपुर

Related posts

रौतहटमा मेयरको सट्टामा एसईई परिक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

MadhesKhabar

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

भंगी साह उच्च माविमा लगाइएको ताल्चा खुल्यो

MadhesKhabar

Leave a Comment