वीरगन्ज,२साउनःपर्साको सखुवा प्रसाौनी गाँँउपालिकाले पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा छात्राहरुलााई स्कूल ब्याग वितरण गर्न थालेको छ ।
शुक्रबार वडा नम्बर ५ महुवनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालयको कक्षा ९ र १० मा अध्ययनरत २ सय जाना छात्राहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । विद्यालय परिसरमै आयोजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले कक्षा ९ र १० का गरी २ सय जना छात्राहरुलाई स्कूल ब्याग बाँडेको विद्यालयका प्रधानाध्यापक रामजी रौनियारले जानकारी दिए।
शिक्षामा बाालिका र किशोरीहरुलाई आकर्षित गर्न तथा उनिहरुलाई प्रोत्साहित गर्ने उदेश्यले गाँउपालिकाले आफ्नो बजेटबाट छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम सुरु गरेको गाँउपालिका अध्यक्ष यादवले बताए ।
पालिकामा रहेका पाँच वटै माध्यमिक विद्याालयका छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम रहेको भन्दै उनले अब बाँकी रहेका सिरही सथवल, पञ्चगावा , देउरवाना र कटैयामा रहेका विद्यालयका कक्षा ९ र १० का छात्राहरुलाई पनि स्कूल ब्याग वितरण गरिने बताए ।

