Madhes Khabar
शिक्षा

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवले महुवन माविका २०० छात्राहरुलाई बाँडे स्कूल ब्याग

वीरगन्ज,२साउनःपर्साको सखुवा प्रसाौनी गाँँउपालिकाले पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा छात्राहरुलााई स्कूल ब्याग वितरण गर्न थालेको छ ।

शुक्रबार वडा नम्बर ५ महुवनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालयको कक्षा ९ र १० मा अध्ययनरत २ सय जाना छात्राहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । विद्यालय परिसरमै आयोजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले कक्षा ९ र १० का गरी २ सय जना छात्राहरुलाई स्कूल ब्याग बाँडेको विद्यालयका प्रधानाध्यापक रामजी रौनियारले जानकारी दिए।

शिक्षामा बाालिका र किशोरीहरुलाई आकर्षित गर्न तथा उनिहरुलाई प्रोत्साहित गर्ने उदेश्यले गाँउपालिकाले आफ्नो बजेटबाट छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम सुरु गरेको गाँउपालिका अध्यक्ष यादवले बताए ।

पालिकामा रहेका पाँच वटै माध्यमिक विद्याालयका छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम रहेको भन्दै उनले अब बाँकी रहेका सिरही सथवल, पञ्चगावा , देउरवाना र कटैयामा रहेका विद्यालयका कक्षा ९ र १० का छात्राहरुलाई पनि स्कूल ब्याग वितरण गरिने बताए ।

 

Related posts

पटेर्वा सुगौली गाउँपालिकाको गाँउ गाँउमा विधार्थी भर्ना अभियान सन्चालन

MadhesKhabar

सखुवाप्रसाैनीकाे दलित विद्यालयमा नेपाली सेनाकाे सहयाेग

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

Leave a Comment