Madhes Khabar
शिक्षा

सखुवाप्रसाैनीकाे दलित विद्यालयमा नेपाली सेनाकाे सहयाेग

वीरगन्ज ,२२ असार: पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ मा अवस्थित दलित आधारभुत विद्यालयमा नेपाली सेनाले शाैचालय निर्माण गरिदिनुका साथै विभिन्न सहयाेग गरेकाे छ ।

लायन्स क्लब अफ वीरगन्ज , केएनपी जापान प्राली र गौतम माविको सहकार्यमा नेपाली सेनाकाे श्रीजंग गणले समाजिक तथा जातिय रुपमा पिछडिएको वस्तिमा रहेको दलित आधारभुत विद्यालयमा सहयाेग गरेकाे हाे ।

सेनाकाे एक युनिट एक विद्यालय कार्यक्रम अन्तर्गत श्रीजंग गणले दलित आधारभुत विद्यालयमा शाैचालय निर्माणका साथै स्टिल दराज, शैक्षिक तथा खेलकुद सामग्री सहयाेग गरेको हाे।

शुक्रबार विद्यालयमै वडाअध्यक्ष अशेसर यादवकाे अध्यक्षता तथा सेनाकाे श्रीजंग गणका प्रमुख सेनानी डायमण्ड कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख कुमार राम,लायन्स क्लब अफ वीरगन्जका अध्यक्ष पप्पु श्रीवास्तव,केएनपी जापान प्रालीका प्रतिनिधि रवि यादव,सह-सेनानी सुदर्शन धिताल,शिक्षक रामनरेस यादव,जदु साह ,विद्यालयका प्रधानाध्यापक नवलकिशाेर प्रसादका साथै शिक्षक, शिक्षिका, विद्यार्थी लगायतकाे सहभागीता रहेकाे थियो।

Related posts

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

महागढीमाई नगरपालिकाका शिक्षकहरुले तलब नपाएपछि दिए आन्दोलनको चेतावनी

MadhesKhabar

बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी आन्दोलनमा भएकाे ताेडफाेडले ३ करोडको क्षति

MadhesKhabar

Leave a Comment