Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसका कर्मचारीहरु आन्दोलनमा

मधेसखबर
वीरगन्ज,२०चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा करारमा कार्यरत कर्मचारीहरु क्याम्पसमा तालाबन्दी गरि आन्दोलनमा उत्रिएका छन् ।

क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्निलाई आफुखुशी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा कर्मचारीहरु सोमबारदेखि आन्दोलित भएका हुन् । आन्दोलनरत कर्मचारीहरुले सोमबार क्याम्पसको प्रशासन , लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिहान १० देखि साँझ ५ बजे सम्म धर्ना पनि दिएका छन् । मङगलबार पनि धर्ना दिने कार्यक्रम रहेको त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष गीता श्रेष्ठले बताइन् ।

क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसंग मिलोमतो गरि चौधरीकै पत्नि श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।

क्याम्पसमा विगत १४ वर्ष देखि १० जना कर्मचारीहरु अति न्युन तलबमा काम गर्दै आइरहेको भएपनि नयाँ कर्मचारी नियुक्तिमा उनिहरुलाई प्राथमिकता नदिइ कर्मचारी संघका अध्यक्षकै पत्निलाई आफुखुशी क्याम्पस प्रमुखले नियुक्त गरेकाले त्यसको विरोधमा उत्रिएको आन्दोलनरत त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाई समिति अध्यक्ष श्रेष्ठले बताइन् ।

शाहीको नियुक्ति खारेज हुनु पर्ने आन्दोलनरत कर्मचारीहरुको माग छ । अन्यथा तालाबन्दी र धर्ना कार्यक्रम जारी नै रहने अध्यक्ष श्रेष्ठले बताइन् । यसका साथै विगत १४ वर्ष देखि अति न्युन तलबमा काम गरिरहेका १० जना कर्मचारीहरुको तलब त्रिवि नियमानुसर उपलब्ध गराउन पनि उनिहरुले क्याम्पस प्रशासनसंग माग गरेका छन् ।

Related posts

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

MadhesKhabar

सर्वोच्च अदालतको आदेश: ट्राफिक प्रहरीले चालकको लाइसेन्स, ब्लूबुक र साँचो जफत नगर्नू

MadhesKhabar

Leave a Comment