Madhes Khabar
शिक्षा

कांग्रेस युवा नेता यादवकाे पहलमा दलित र जेहेन्दार बालबालिकालाई स्कुल ब्याग वितरण

वीरगन्ज,१३असार:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाविर्ताकाे सिसियाडी टाेलमा रहेकाे सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ ।

उक्त विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार र दलित गरी १ सय जना बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हाे ।नेपाली कांग्रेसका युवा नेता तथा बहुदरमाई नगरपालिकाकाे मेयर पदका आकांक्षी राकेश यादवकाे पहलमा साल्ट ट्रेडिङ कर्पाेरेशन काठमाडौंले बालबालिकालाई स्कुल ब्याग सहयोग गरेकाे हाे ।

स्कुल ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ,शिक्षक,अभिभावक, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेकाे थियाे।

Related posts

विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन

MadhesKhabar

चिसाे बढेपछि विद्यालयहरुमा जगरनाथपुर गाँउपालिकालेपनि दियाे जाडाे विदा

MadhesKhabar

जगरनाथपुरमा १२ कक्षा पास गरेका विधार्थीहरु अध्यक्ष यादवबाट पुरस्कृत

MadhesKhabar

Leave a Comment