Madhes Khabar
शिक्षा

कांग्रेस युवा नेता यादवकाे पहलमा दलित र जेहेन्दार बालबालिकालाई स्कुल ब्याग वितरण

वीरगन्ज,१३असार:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियाविर्ताकाे सिसियाडी टाेलमा रहेकाे सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ ।

उक्त विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार र दलित गरी १ सय जना बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हाे ।नेपाली कांग्रेसका युवा नेता तथा बहुदरमाई नगरपालिकाकाे मेयर पदका आकांक्षी राकेश यादवकाे पहलमा साल्ट ट्रेडिङ कर्पाेरेशन काठमाडौंले बालबालिकालाई स्कुल ब्याग सहयोग गरेकाे हाे ।

स्कुल ब्याग वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ,शिक्षक,अभिभावक, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेकाे थियाे।

Related posts

महानगरसँग सहमति भएसँगै वीरगन्जका शिक्षकहरुको आन्दोलन फिर्ता

MadhesKhabar

वीरगन्जमा बृहत शैक्षिक मेला आयोजना

MadhesKhabar

नेपाल युथ फाउन्डेसनद्वारा श्री शारदा मा.वि. लाई लाउडस्पिकर हस्तान्तरण

MadhesKhabar

Leave a Comment