Madhes Khabar
शिक्षा

चिसाे बढेपछि विद्यालयहरुमा जगरनाथपुर गाँउपालिकालेपनि दियाे जाडाे विदा

फाइल तस्बिर ।

वीरगन्ज,२३पुष:चिसाे बढ्दै गएपछि पर्साकाे जगरनाथपुर गाँउपालिकालेपनि विद्यालयहरुमा ६ दिनका लागि जाडाे विदा एको छ।

तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित भएकाे छ।हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी जगरनाथपुर गाँउपालिकाले मंगलबारदेखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।

गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले साेमबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले मंगलबारदेखि पुष २९ गते सम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा जाडाे विदा दिने निर्णय गरिएकाे उल्लेख छ।

माघ १ गते माघे संक्रान्ति अर्थात खिचडीकाे सार्वजनिक विदा परेकाले माघ २ गतेदेखि मात्रै पठनपाठन नियमित सञ्चालन सिंहले बताएका छन्।

Related posts

मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न माग

MadhesKhabar

हर्दियाकाे विधालयमा यादवकाे अध्यक्षतामा व्यवस्थापन समिति गठन

MadhesKhabar

विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन

MadhesKhabar

Leave a Comment