Madhes Khabar
शिक्षा

मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न माग

काठमाडौं,५भदौं :सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन राप्रपा नेता खुश्बु ओलीले माग गरेकी छन् ।

बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई ७ बुँदे ध्यानाकर्षण बुझाउँदै ओलीले मधेस प्रदेशको एसईई नतिजा निरासाजनक रहेकाले मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन सुझाव पेस गरेकी छन् ।

यस वर्षको एसईई नतिजामा राष्ट्रियस्तरमा ६२ प्रतिशत विद्यार्थी पास हुँदा मधेस प्रदेशका २८ प्रतिशतमात्रै पास भएको भन्दै उनले ७२ प्रतिशत नन ग्रेडेड विद्यार्थीको भविष्यबारे सोच्न आग्रह गरेकी छन् ।

उनले कक्षा ९ र १० मा मधेसबाट ड्रपआउटको संख्या पनि बढ्दै गएको र शैक्षिक स्थिति निरन्तर खस्कदै गएकाले शैक्षिक संकटकाल घोषणा गरेर विशेष नीति र बजेट व्यवस्था गर्न सुझाव दिएकी हन् ।साभारःनेपालप्रेस

 

Related posts

वीरगन्जका सरकारी विद्यालयका विद्यार्थीको हौसला बढाउन ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरु

MadhesKhabar

सुखचैनाको विद्यालयमा २५५ विद्यार्थीलाई छात्रवृति वितरण

MadhesKhabar

वीरगन्जको शारदा माविमा सञ्चालित प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सहयोग समिति गठन

MadhesKhabar

Leave a Comment