Madhes Khabar
शिक्षा

सुखचैनाको विद्यालयमा २५५ विद्यार्थीलाई छात्रवृति वितरण

वीरगन्ज,२४असारःवीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छावृति वितरण गरिएको छ ।

सोमबार विद्यालयमै आयोजित कार्यक्रममा दलित छात्रा र गैर दलित समुदायका छात्र गरी २ सय ५५ जना छात्रछात्राहरुलाई छात्रवृति वितरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार, विद्यालय व्यवस्थापन समितिका सरोज यादव र समितिका पूर्वअध्यक्ष जितेन्द्र कुर्मीले विद्यार्थीहरुलाई छात्रवृतिको रकम प्रदान गरे । विद्यालयका प्रधानाध्यापक अरविन्दलालको अध्यक्षतामा भएको छात्रवृति वितरण कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका, अभिावक लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

माध्यमिक शिक्षक युनियन पर्साकाे अध्यक्षमा सन्ताेष सिंह सर्वसम्मत चयन

MadhesKhabar

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरका विद्यालयहरुमा पनि दुई दिनकाे विदा

MadhesKhabar

प्याब्सन पर्साको अध्यक्षमा चौधरी निर्वाचित

MadhesKhabar

Leave a Comment