Madhes Khabar
शिक्षा

प्याब्सन पर्साको अध्यक्षमा चौधरी निर्वाचित

वीरगन्ज,२१पुसःनिजी विद्यालय सञ्चालकहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

आइतबार भएको प्याब्सन पर्साको १६ औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी वीरगन्जमा सञ्चालित साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक हुन् ।

आइतबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्याशी जीवन ज्योति माविका सञ्चालक शिवप्रसाद गुप्तालाई ४ मतको झिनो अन्तरले पराजित गर्दै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

चुनावमा कूल ४८ मत खसेकोमा अध्यक्षमा निर्वाचित चौधरीले २६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी गुप्ताले २२ मतमात्रै पाएको प्रमुख निर्वाचन अधिकृत छेडुप लामाले जानकारी दिए । चौधरी यसअघि प्याब्सन पर्साको बरिष्ठ उपाध्यक्ष थिए भने गुप्ता उपाध्यक्ष थिए ।

Related posts

भोलिदेखि सुरु हुने एसईईमा पर्सा जिल्लाबाट १० हजार ७०३ विद्यार्थी सहभागी हुदैं

MadhesKhabar

वीरगन्जमा एसईईको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन

MadhesKhabar

सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको शिक्षकहरुद्धारा नै स्वीकार

MadhesKhabar

Leave a Comment