Madhes Khabar
शिक्षा

प्याब्सन पर्साको अध्यक्षमा चौधरी निर्वाचित

वीरगन्ज,२१पुसःनिजी विद्यालय सञ्चालकहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

आइतबार भएको प्याब्सन पर्साको १६ औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी वीरगन्जमा सञ्चालित साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक हुन् ।

आइतबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्याशी जीवन ज्योति माविका सञ्चालक शिवप्रसाद गुप्तालाई ४ मतको झिनो अन्तरले पराजित गर्दै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

चुनावमा कूल ४८ मत खसेकोमा अध्यक्षमा निर्वाचित चौधरीले २६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी गुप्ताले २२ मतमात्रै पाएको प्रमुख निर्वाचन अधिकृत छेडुप लामाले जानकारी दिए । चौधरी यसअघि प्याब्सन पर्साको बरिष्ठ उपाध्यक्ष थिए भने गुप्ता उपाध्यक्ष थिए ।

Related posts

कांग्रेस युवा नेता यादवकाे पहलमा दलित र जेहेन्दार बालबालिकालाई स्कुल ब्याग वितरण

MadhesKhabar

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

MadhesKhabar

पार्टीको सदस्यता लिएका शिक्षकहरुलाई कारबाहीको प्रकृया सुरु

MadhesKhabar

Leave a Comment