Madhes Khabar
शिक्षा

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रमोद यादव

पर्सा,२६ असार: पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ३ स्थित जनता माध्यमिक प्राबिधिक शिक्षालय पकडिया बडनिहारले आइतबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
जनता माध्यमिक प्राबिधिक शिक्षालयको आयोजना र बिधालय गुणस्तर सुधार परियोजना दोस्रो बुद्धनगर काठमाडौकाे सहयोगमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा बिधालय गुणस्तर सुधार परियोजना दोस्रो कार्यक्रम अन्तर्गत बिधालयलाई आएको दोस्रो किस्ता रकम ४१ लाख ८९ हजार ७ सय १५ रुपैया को खर्च बिवरण तथा प्रगति प्रतीबेदन सार्बजनिक गरिएको थियो ।
कृषि भेटनरि प्राबिधिक शिक्षालयका प्रमुख तपेश्वर प्रसाद यादवले खर्च तथा प्रगति बिवरण सार्बजनिक गर्दै मेसिन तथा औजारहरुको आधुनिकिकरण तर्फ ६ लाख , ससाना मर्मत तथा निर्माण खर्च तर्फ ७ लाख २५ हजार , शैक्षिक सुधार तथा प्रशिक्षार्थि शिक्षक कर्मचारी हरुलाई तालिम अध्यन अवलोकन भ्रमण खर्च १६ लाख ९० हजार , अनुसन्धान तथा तथ्यांक ब्यवस्थापन खर्च ११ लाख ७ हजार ५ सय २१ रुपैया गरि कुल ४१ लाख २२ हजार ५ सय २१ रुपैयाको खर्च बिवरण तथा प्रगति बिवरण सार्बजनिक गरेका थिए ।
कार्यक्रममा पर्सागढि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तमाङ्ग , बिधालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी , शिक्षक , वडा प्रतिनिधिहरु लगायत स्थानीय अभिभावक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Related posts

शिक्षालाई प्रथमिकतामा राखेका वडाध्यक्ष यादव: खातुनलाई ल पढ्न गरिदिए पूर्ण छात्रवृतिको व्यवस्था

MadhesKhabar

सरकार र आन्दोलनरत शिक्षकबिचकाे वार्ता निष्कर्षविहिन

MadhesKhabar

शिक्षकहरुको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

MadhesKhabar

Leave a Comment