Madhes Khabar
शिक्षा

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रमोद यादव

पर्सा,२६ असार: पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ३ स्थित जनता माध्यमिक प्राबिधिक शिक्षालय पकडिया बडनिहारले आइतबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
जनता माध्यमिक प्राबिधिक शिक्षालयको आयोजना र बिधालय गुणस्तर सुधार परियोजना दोस्रो बुद्धनगर काठमाडौकाे सहयोगमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा बिधालय गुणस्तर सुधार परियोजना दोस्रो कार्यक्रम अन्तर्गत बिधालयलाई आएको दोस्रो किस्ता रकम ४१ लाख ८९ हजार ७ सय १५ रुपैया को खर्च बिवरण तथा प्रगति प्रतीबेदन सार्बजनिक गरिएको थियो ।
कृषि भेटनरि प्राबिधिक शिक्षालयका प्रमुख तपेश्वर प्रसाद यादवले खर्च तथा प्रगति बिवरण सार्बजनिक गर्दै मेसिन तथा औजारहरुको आधुनिकिकरण तर्फ ६ लाख , ससाना मर्मत तथा निर्माण खर्च तर्फ ७ लाख २५ हजार , शैक्षिक सुधार तथा प्रशिक्षार्थि शिक्षक कर्मचारी हरुलाई तालिम अध्यन अवलोकन भ्रमण खर्च १६ लाख ९० हजार , अनुसन्धान तथा तथ्यांक ब्यवस्थापन खर्च ११ लाख ७ हजार ५ सय २१ रुपैया गरि कुल ४१ लाख २२ हजार ५ सय २१ रुपैयाको खर्च बिवरण तथा प्रगति बिवरण सार्बजनिक गरेका थिए ।
कार्यक्रममा पर्सागढि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तमाङ्ग , बिधालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी , शिक्षक , वडा प्रतिनिधिहरु लगायत स्थानीय अभिभावक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पसमा भाेलिदेखि पठनपाठन सुचारु हुने

MadhesKhabar

गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छा पर्न थाले, वीरगन्जका विद्यालयमा विदा दिनु पर्यो :अभिभावक

MadhesKhabar

इनर्वामा रहेको विद्यालयमा १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण

MadhesKhabar

Leave a Comment