Madhes Khabar
शिक्षा

माध्यमिक शिक्षक युनियन पर्साकाे अध्यक्षमा सन्ताेष सिंह सर्वसम्मत चयन

वीरगन्ज ,९भदाैं: माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुन) पर्साकाे अध्यक्षमा सन्ताेष कुमार सिंह चयन भएका छन् ।

वीरगन्जमा शनिबार सम्पन्न माध्यमिक शिक्षक युनियनकाे पर्सा जिल्ला अधिवेशनबाट अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन् ।

नेपाल शिक्षक महासंघ पर्साकाे सभाहलमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हाे । जसअनुसार उपाध्यक्षमा लालबाबु प्रसाद, सचिवमा सन्नी कुमार दुबे ,कोषाध्यक्षमा रजनी ठाकुर लगायत रहेका छन् ।

विनाेद चाैहानकाे अध्यक्षता तथा माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय उपाध्यक्ष उमेश चौहानकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा संघीय शिक्षक फोरमका हरेन्द्र चौरसिया,राष्ट्रिय शिक्षक मञ्च पर्साका अध्यक्ष दीपेन्द्र श्रीवास्तव ,माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय सचिव सन्तोष साह लगायतकाे सहभागीता थियाे ।

Related posts

पटेर्वा सुगाैलीमा शिक्षक संघकाे भेला सम्पन्न

MadhesKhabar

माग पुरा नभए सम्म बोडिङ स्कुलमा फिस तिर्दैनौ : अभिभावक संघर्ष समिति

MadhesKhabar

गुरु पूर्णिमाको अवसरमा वीरगन्जको शारदा माविका छात्राहरुलाई कपडा वितरण

MadhesKhabar

Leave a Comment